दाङमा बिहानै टिपरमा आगजनी

नवलपुर टुडे
२०७९ भदौ ७ | बिहान ०८:०५ बजे

दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।
प्रहरीका अनुसार टिपर चालकले बिहान चार–पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।





