मन्त्री सिंहलाई सर्लाही -४ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

नवलपुर टुडे
२०७९ भदौ ५ | मध्यान्ह ०८:०५ बजे

सर्लाही । मधेस प्रदेशका महिला बालबालिका तथा युवा खेलकुद मन्त्री बिरेन्द्र प्रसादलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ । युवाहरुमाझ लोकप्रिय बनेका मन्त्री सिंहलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन चौतर्फी चर्चा परिचर्चा चुलिएको हो ।
यो चर्चा चुलियसँगै हामिले उहाँको स्वकिय सचीव निकेश त्रिपाठीसँग जानकारी लिदा उहाँले भन्नुभयो ‘पार्टीले टिकट दिएको खण्डमा जनताको चाहाना र आवश्यकतालाई मध्य नजर गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा होमिनु हुन्छ तर पछाडी हटनु हुदैन जनताको भावनाको कदर गरेर अगाडि बढनु हुन्छ ।’
मन्त्री बिरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस सर्लाही क्षेत्र न.-४(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रतिनिधि हुन । उहाँ नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति समेत हुन ।





