कपिलवस्तु सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारीद्वारा काठ बरामद


धर्मेन्द्र कुमार कुर्मी
गेडुवजोत, भाद्र ५ । कपिलवस्तु बिजयनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारीले लुकाई राखेको काठ बरामद गरेको छ I विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलले कपिलवस्तुको विजयनगर गाउँपालिका ७ गेडुवजोतकाे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा ४० क्युफिटको ८ वटा सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ ।
राती १२ : ३० बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले ६० हजार बराबरकाे काठ बरामद गरेकाे हो । नेपालको कपिलवस्तु – भारतको बलरामपुर सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेको विजयनगर गाउँपालिकाको वडा – ५ ठाकुरापुर प्रहरी ले जनाएको छ । भारतीय जंगलसँग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठ भित्रिदै आएकाे स्राेतले जनाएको छ ।





