मुख्य समाचार

    प्रतिनिधि सभा बैठक आज बस्दै

    नवलपुर टुडे
    २०७९ भदौ ५ | बिहान ०७:०५ बजे

      काठमाडौ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

      बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ ।

      त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

        कमेन्टहरु