लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेश समाजवादी महिला संघमा अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन

    नवलपुर टुडे
    २०७९ भदौ ४ | मध्यान्ह १०:०५ बजे

      कपिलवस्तु, भाद्र ४ । जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यीय प्रदेश स्तरीय समिति गठन भएको छ ।

      समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा भव्य रूपमा सम्पन्न भइ सो कमिटी गठन भएको हो । लुम्बिनी प्रदेशको समाजवादी महिला संघको उपाध्यक्षमा स्वेता राना मगर, सन्ध्या पौडेल खान, सचिवमा शुशिला पौडेल, सह सचिव सुभद्रा जि सी र पवनरेखा पाठक चयन भएका छन् ।

      लुम्बिनी प्रदेशको समाजवादी महिला संघका नव गठित समितीलाई जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना दिएका छन् ।

        कमेन्टहरु