उपसभामुख पुष्पा भुसाललाई मातृशोक

नवलपुर टुडे
२०७९ भदौ ४ | मध्यान्ह ०२:०५ बजे

काठमाडौ, भदौ ४ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ । ९१ वर्षको उमेरमा उपसभामुख गौतमकी आमा शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।
दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।





