समाचार

    मधेस प्रदेशका पुर्व प्रमुख अहिराजद्वारा लहानको दारुल ओलम हनफिया आशरफियामा शैक्षिक सामग्री वितरण

    नवलपुर टुडे
    २०७९ भदौ २ | मध्यान्ह ०७:०५ बजे

      महेश सिंह
      सिरहा । मधेस प्रदेशका पुर्व प्रमुखद्वारा लहान नगरपालिका – ५ स्थित करिब ४५ बर्ष देखि संचालनमा रहेको दारुद ओलम हनफिया अशर्फियाका सयौं विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छन्।

      मदरसाका प्रीन्सिपलका अध्यक्षतामा सुरु भएको कार्यक्रममा धर्म गुरु तथा मदरसाका प्रमुख अबदुल अताबुल रहमान बरकाती अङ्ग्रेजी शिक्षक रुप नारायण साह शिक्षक मो. इनफान शिक्षक नुर मोहम्द,समाजसेवी मोहम्मद रियासद अली( मुनाजी ) मोहम्मद इशराईल सिद्धीकी पत्रकार फिरोज सिद्धीकी, फिरोज शेख महेश सिंह लगायतका पत्रकारहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो।

      धर्म गुरुहरुलाई आग्रह गर्दै विद्यार्थीहरुलाई उर्दु मात्र हैन नेपाली विषय र नेपालका इतिहासका विषयमा पठाउनु पनि जरुरी रहेको बताए । किन भने उनीहरु नेपाली बासी हो नेपाल सरकार संगै हकअधिकार माग्ने शिर उच्च गरेर भन्छन् की म नेपाली हुँ । उक्त मदरसा समुदायको आर्थिक सहयोगद्वारा संचालनमा रहेका छन्।

      करिब २ सय बिद्यार्थीहरु नि:शुल्क रूपमा अध्ययनरत रहेका छन् । स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग नभएको मदरसा प्रमुख बरकातीले बताए । नेपालका सिरहा, सप्तरी, धनुषा, मोहोतरी र उदयपुर लगायतका विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

        कमेन्टहरु