समाचार

    अध्यक्ष लम्सालमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न नेपाल प्रेस युनियनको माग

    नवलपुर टुडे
    २०७९ भदौ २ | मध्यान्ह ०६:०५ बजे

      काठमाडौं, भदौं २ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले अध्यक्ष शिव लम्सालमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

      युनियनका महासचिव दिलिप पौडेलले बिहीबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष लम्सालमाथि ट्राफिक प्रहरीले मानमर्दन हुने गरी घरमै गएर दुर्व्यहार गरेको भन्दै खेद व्यक्त गरेका हुन् । युनियनका अध्यक्ष लम्साललाई साउन ३१ गते साँझ नयाँ बानेश्वरस्थित उनकै निजी निवासमा पुगेर ट्राफिक प्रहरीले नियोजित रुपमा दुर्व्यहार गरेको युनियनको भनाई छ ।

      युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘लम्सालको घर नजिकै रेस्टुरेन्ट अघि पार्किङ गरिएका सवारी साधानले सडकमा पुर्याएको अवरोध हटाउँदा रेस्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो ।’ यस्तै युनियनले लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हनन् गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा राखेर दुर्व्यवहार गरिएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेको छ ।

      photo 2022 08 18 18 50 03

        कमेन्टहरु