गुल्मीका सुकुम्बासी बस्तीका सुनार परिवारले बाँसबाट सामान बनाउदै, बेचेर परिवार पाल्छन


इन्द्रजित नेपाली
गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका – ७ सिलादी सुकुम्बासी बस्तीमा बस्दै आएका कृष्ण बहादुर सुनारले पिता पुर्खाले गर्दै आएको पेशालाई निरन्तरता दिएका छन। उनी बाँसबाट बन्ने जस्तै डोको, नाग्लो, सुपो डालो, सेउ मान्दौ र माछा मार्ने ढडिया ईत्यादी बनाउने गर्छन्। उनी गाउँ गाउँमा गएर बाँस किनेरा वा मागेरा लिएर सामान निर्माण गर्छन्।
आफुले निर्माण गरेका सामानहरु गाउँ घर र बजारमा बिक्री बितरण गर्ने गर्दछन्। तेहि पैसाले उनी घर खर्च र छोरा छोरी पढाउने बताउछन् । कृणा बहादुर सुनार ! गाउँ घरमा बाँसको चोयाबाट निर्माण गरेको डोकोले पानीको गाग्रो बोक्न गोबर बोक्न घाँस दाउरा बोक्न बिमारी बोक्न र ढुङ्गा बोक्ने जस्ता काममा प्रयोग गरिनेगर्दछ। कृणा बहादुरको पृर्खउली पेसालाई उनकी श्रीमतीले पनि सघाउने गर्दछिन।
कृणा बहादुर सुनारले जस्तै पोम बहादुर सुनारले पनि आफ्नो पुर्खौली पेशा अप्नाउदै आएका छन्। बाँसबाट बनेका सामाग्री गाउँ घरमा लगेर अन्न सँग साटसाट गर्छन्। भने केही पैसामा बेचेरा आफ्नो घर खर्च र छोरा छोरीको पढाइ खर्च चलेको र आफुले यो सीप सानैबाट सिकेकोले आज काम लागेको उनी बताउछन्।
उनीहरूले बुनेको डोका २५० देखि ३०० सम्ममा बिक्ने उनिहरु बताउछन्। सुनारले बाँसबाट निर्माण गरेका समाग्रीहरु गुल्मीको केही स्थानहरुमा बिक्ने गर्दछ। जस्तै : अर्जे, घमिर, धुर्कोट, वग्ला, मर्हुङ र सदरमुकाम तम्घासमा पनि बिक्री हुने गर्दछ।
स्थानीय सरकारले नयाँ पुस्तालाई दैनिकी काममा आउने बाँसबाट निर्माण हुने सीप प्रधान गराई व्यावसायिक बनाउने उतिकै भुमिका निर्भाह गर्नु पर्दछ। यस तर्फ स्थानीय सरोकारवालाको पनि ध्यान जान जरुरी छ ।





