देश

    मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

    नवलपुर टुडे
    २०७९ साउन ३१ | मध्यान्ह ०२:०४ बजे

      बुटवल, साउन ३१ । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ ।

      लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।

      खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

        कमेन्टहरु