समाचार

    नागरिकता विधेयक फिर्ता भएपछि तौलिहवामा विरोध प्रदर्शन

    नवलपुर टुडे
    २०७९ साउन ३१ | बिहान १०:०४ बजे

      प्रिन्स मिश्रा
      कपिलवस्तु, साउन ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि तौलिहवामा विरोध प्रदर्शन भएको छ ।

      लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले सोमबार तौलिहवाको जिल्ला प्रशासन अगाडि नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।

      लोसपा पार्टीका जिल्ला अध्यक्ष कैलाश आग्रहरी , जिल्ला सचिव रजनीश पाण्डेय, युवा नेता कमलेश सरण चौधरी, मधु सूदन सरण चौधरी, रबिन्दर मिश्रा, ओमकार नाथ शुक्ला लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो ।

        कमेन्टहरु