देश

    राष्ट्रपतिले फिर्ता गरिन् नागरिकता विधेयक

    नवलपुर टुडे
    २०७९ साउन २९ | मध्यान्ह ०८:०४ बजे

      काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छिन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

      विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।’ 

      संघीय संसदका दुबै सदनबाट विधेयक पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ गते प्रमाणीकरण गरेर राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाईएको थियो । IMG 20220814 200903 435

        कमेन्टहरु