राजनीति

    अगामी निर्वाचनमा सहभागी हुन एमालेले गरायो आयोगमा दल दर्ता

    नवलपुर टुडे
    २०७९ साउन २४ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

      महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् ।

      आयोगले १०औं दलका रुपमा एमालेलाई दर्ता गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ ।

      यसअघि आयोगमा दर्ता भएका दलहरुले पनि निवर्नाचन प्रयोजनमा भाग लिन पुन दल दर्ता गराउनुपर्ने व्यवस्था छ ।

        कमेन्टहरु