देश

    महोत्तरीमा हरिणको आक्रमणमा परी वृद्धाको मृत्यु

    नवलपुर टुडे
    २०७९ साउन २४ | बिहान १०:०४ बजे

      जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जंगलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८, सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

      सोमबार साँझ घरनजिकैको जंगलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । रासस

        कमेन्टहरु