गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति, समाज

    आज नवलपुरका तीन स्थानीय तहमा सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०७९ साउन २४ | बिहान ०८:०४ बजे

      जगत ठाडा मगर
      कावासोती । आज २८औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा नवलपुरका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

      यही साउन २४ गते (अगष्ट ९) मंगलबार २८औं विश्व आदिबासी जनजाति दिवस मनाइदैछ, सो दिवसका लागि विश्व आदिवासी जनजाति दिवसको अवसरमा आज नवलपुरका तीनवटा पालिकाले सार्वजनिक बिदा दिएका हुन ।

      नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले छुट्टाछुट्टै बिज्ञप्ती जारी गरेर विश्व आदिबासी जनजाति दिवसको अवसरमा नगरपालिका भित्रका सबै कार्यालयमा सार्वजनिक बिदा दिएका हुन् ।

        कमेन्टहरु