देश

    थपिए ९३४ जना कोरोना संक्रमित, एकको मृत्यु

    नवलपुर टुडे
    २०७९ साउन २३ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौं, साउन २३ । पछिल्लो २४ घण्टामा देशभर ९३४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३५१ नमुमा परीक्षण गरिएकोमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । २८६२ आरटी पीसीआर नमुनामा ४९८ र २४८९ एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।

      त्यस्तै, आज थप ४७० जना निको भएका छन् । अहिले नेपालमा ९८.२ प्रतिशत निको हुने दर रहेको छ । त्यस्तै, हाल देशभर संक्रिय संक्रमितको संख्या ५६८६ जना रहेका मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु