बागमती प्रदेश

    मकवानपुरमा चार सवारीसाधन आपसमा ठोक्किए, विद्यार्थीसहित एक दर्जन घाइते

    नवलपुर टुडे
    २०७९ साउन २३ | बिहान १०:०४ बजे

      हेटौंडा । मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुल बससहित ४ सवारी एक आपसमा ठाक्किँदा एक दर्जन बढी घाइते भएका छन्।

      घाइते मध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी पनि रहेको प्रहरीले जनाएको छ । केहिबेर अघि सवारीहरु ठोक्किएको र उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

      उनले भने,‘४ वटा सवारी ठोक्किएका छन् । १५ जना सामान्य घाइते भएका छन् । मानविय क्षती भएको छैन् । सबैलाई हेटौंडा अस्पताल ल्याउने तयारी हुँदैछ ।’

        कमेन्टहरु