देश

    गुल्मीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

    नवलपुर टुडे
    २०७९ साउन २२ | मध्यान्ह ०२:०४ बजे

      गुल्मी । गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ परेका छन । पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

      किशोरले ती महिलालाई मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

      प्रहरीले किशोरलाई हिरासतमा राखेर यस थप अनुसन्धान भइरहेको जनाएको छ ।

        कमेन्टहरु