बिश्व

    इजरायलमा एक वर्षपछि पुनः हिंसा चर्कियो

    नवलपुर टुडे
    २०७९ साउन २२ | बिहान ०८:०४ बजे

      इजरेली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ।

      बीबीसी । सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरेलीको मृत्यु भयो। त्यसपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकियो। तर, पुनः एक वर्षपछि हिंसा सुरु भएको छ। विभिन्न स्थानमा हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

      शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ जना सदस्यलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई वेस्ट ब्यांकमा छापा मारेर पक्राउ गरिएको बीबीसीले जनाएको छ। यसअघि इजरायलले गाजा स्ट्रीपका विभिन्न स्थानमाा हवाई हमलाहरू गरेको थियो। हवाई हमलामा एक बालक तथा पीआईजेका नेता तैसिर जबारीसहित १५ जनाको मृत्यु भएको छ।

      यता इजरायलले गाजाबाट रातभरि इजरेलतर्फ दर्जनौं क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरेली सेनाले बताएको छ। यो इजरेल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर हिंसा हो।

      इजरेली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ। शनिबार इजरेली सहरहरूमा क्षेप्यास्त्र प्रहार हुनसक्ने चेतावनी दिने साइरनहरू बजेका छन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा स्ट्रीपको दक्षिणमा एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। तर, अहिलेसम्म गाजा क्षेत्रको मुख्य सैन्य समूह हमासले आफ्ना ठूला क्षेप्यास्त्र प्रणालीबाट प्रहारहरू गरेको नदेखिएको बीबीसीले जनाएको छ।

      त्यतिबेला गरिएको समझदारी कार्यान्वयन भएको भए भाषा र सीप सिकेर जापान जाने श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउने थिए। जापानले नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान त्यतिबेला समझदारी गरेको थियो।

      जापानले कृषि, नर्सिङ, केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा नेपाली लैजाने योजना बनाएको छ। त्यस्तै खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा पनि अवसर पाइने समझदारी बनेको थियो।

        कमेन्टहरु