मालटाेल टाेल विकास संस्थाकाे छैंठाे साधारणसभा तथा चाैंथाे अधिवेशन सम्पन्न


सुरेश यादव
नवलपरासी, साउन २१ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ३ मा रहेकाे मालटाेल टाेल विकास संस्थाकाे शनिबार छैंठाे साधारणसभा तथा चाैंथाे अधिवेशन सम्पन्न भएकाे छ ।
मालटाेल टाेल विकास संस्थाका उपाध्यक्ष विनाेद खड्काकाे अध्यक्षता तथा रामग्राम नगपालिकाका कार्यपालिका सदस्य अमृत सिंह जिसीकाे प्रमुख आतिथ्यता एवम् कार्यपालिका सदस्य नानु माया खड्काकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
संस्थाले शनिबार नयाँ कार्यसमिति पनि गठन गरेकाे छ । जसकाे अध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्षमा विनाेद खड्का, सचिवमा राकेश राज रंजितकार, काेषाध्यक्षमा संगिता प्रजापति, सह-सचिवमा सरस्वती अधिकारी, सदस्यहरुमा राम प्रसाद आचार्य र अजय श्रेष्ठ चयन हुनुभएको छ ।
संस्थाले आ.व २०७८/७९ मा १०,२७४३९/१९ रुपैयाँको काराेबार गरेकाे संस्थाकी काेषाध्यक्ष संगिता प्रजापतिले जानकारी दिनुभयाे । कार्यक्रममा प्रमुख अतिथि जिसी र विशिष्ट अतिथी खड्काले आ-आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्नुभएकाे थियाे ।





