मुख्य समाचार

    चितवनमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    नवलपुर टुडे
    २०७९ साउन २० | मध्यान्ह ०४:०४ बजे

      चितवन । चितवनमा घाँस काट्न वन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

      मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ६ देवनगरस्थित दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५१ वर्षीया माया विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

      मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।

        कमेन्टहरु