देश

    तनहुँमा बस दुर्घटना हुदा, ७ जना घाइते

    नवलपुर टुडे
    २०७९ साउन २० | मध्यान्ह ०४:०४ बजे

      दमौली । तनहुँको व्यासनगरपालिका –१२ छिर्कनेमा बस दुर्घटना हुदा सात जना घाइते भएका छन् ।
      पृथ्वीराजमार्ग सडक खण्डमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा ४ ख ४५५८ न. को यात्रुबाहक बस आफै अनियन्त्रीत भई सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

      बसमा सवार ७ जना व्यक्तिहरु घाइते भएकोमा, धाईतेहरुलाई उद्दार गरी उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे तनहुँमा लगि उपचार गरिरहेको प्रहरीले जनाएको छ ।

      घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

        कमेन्टहरु