आधा वर्षमै करिव तीन लाख पर्यटन भित्रिए


काठमाडौं, साउन २० गते । कोरोना भाईरस(कोभिड–१९) महामारीका कारण ठप्प भएको नेपालको पर्यटन आगमन पुनः पुरानै लयमा फर्किएको छ । दुई वर्ष भन्दा धेरै सुस्ताएको पर्यटन क्षेत्र सन् २०२२ को सुरुवातसँगै पर्यटक आउने क्रममा बृद्धि भएपछि थप जुरमुराउन थालेको हो ।
अध्यागमन विभागसँग सहकार्य गरी नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङकनुसार सन् २०२२ को जनवरी देखि जुलाई महीनामा दुई लाख ८२ हजार १२२ जना पर्यटक आएका छन्। सुरूको चार महिनामा पर्यटकको सङ्ख्या बृद्धि भएको थियो । तर पछिल्लो तीन महिनामा तीन महीनामा पर्यटक आगमनको संख्यामा कमी आएको छ । यो समय पर्यटकका लागि अनुकुल समय नभएका कारण आगमन कम भएको नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, जुलाईमा ४४ हजार ४६२ जना विदेशी पर्यटक भित्रिएका छन्। जसमा छिमेकी देश भारतबाट १७ हजार २९९ जना र चीनबाट एक हजार ५९३ जना पर्यटक छन्। बोर्डको तथ्याङकनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३४८, मेमा ५३ हजार ६०८ र जूनमा ४६ हजार ९५७ पर्यटक आएका छन्। गोरखापत्रबाट साभार





