मतदाता नामावली संकलन आजदेखि स्थगित

नवलपुर टुडे
२०७९ साउन २० | बिहान ०७:०४ बजे

काठमाडौं, साउन २० । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले शुक्रवार(आज)देखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।
मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुने छ ।
अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।





