करार कर्मचारीद्वारा सिरहामा आन्दोलित


महेश सिंह
सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाबाट हटाइएको करार कर्मचारीहरुले पुनः बहालीको माग राखदै मसला जुलुस प्रदर्शन गरेका छन् । स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एकासी हटाउदाँ करारका कर्मचारी आन्दोलित भएका हुन ।
पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक सप्ताह अगाडि हटाइएका कर्मचारीहरुले पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरुलाई कार्यको जिम्मेवारी दिई कार्यसंचालन गर्न आग्रह गरेका थिए। तर, पालिकाले वेवास्त गर्दा करारका कर्मचारीहरु आन्दोलन गर्दै आईरहेका छन ।
करार कर्मचारी संघर्ष समितिले ७ दिन देखि पालिका अगाडी शान्तिपुर्ण धर्ना देखि विभिन्न किसिमको कार्यक्रमहरु गर्दै आएका छन् । हटाईएका करारका कर्मचारीहरुलाई पाँच राजनीति दल, जसपाका बेच्न प्रसाद यादव, एकीकृत समाजवादीका चन्द्र नारायण यादव, बहुजन शक्ति पार्टीका रमेन कुमार मंण्डल, जनमत पार्टीका राजीब नायक, माओवादी केन्द्रका आन्न्द कुमार झा लगायत राजनीति दलहरुले आन्दोलन गर्न समर्थन जनाएका हुन्।
स्थानीय सरकार मुर्दाबाद, पुलिस प्रशासन मुर्दावाद हटाइएका करार कर्मचारीहरुलाई पुनः बहाली गर लगायतका माग राख्दै आन्दोलित भएका छन्। आन्दोलन कर्ताहरुलाई राजनीति दलहरुले समर्थ गरिरहेका छन्।बिगत १० दिन देखि निरन्तर कुनै न कुनै कार्यक्रमहरु गर्दै आएका छन् ।
करारका कर्मचारीहरुले भगवानपुरको मुख्य चौकमा स्थानीय सरकार विरुद्ध टाईर वालेर प्रदर्शन गरेका थिए।पुनः बहाली गरिएन भने निरन्तर तालाबन्दी लगायत विभिन्न कार्यक्रम गरिने चेतावनी दिएका छन् । स्थानीय सरकारको पुतला दहनसमेत गरेका थिए।





