सप्त ऋषि अस्पताल लहानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०७९ साउन १९ | बिहान ०८:०४ बजे

महेश सिंह
सिरहा, १९ श्रावण । सिरहाको लहान नगरपालिका – ३ स्थित ३० बर्ष अगाडि देखि संचालनमा रहेको सप्त ऋषि अस्पतालद्वारा आयोजित बृहत रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड बैंकमा रगतको अभाव भएको भन्दै अस्पताल श्रोत र रेडक्रस कार्यालय लहानको समन्वयमा अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको अस्पताल प्रबन्धक संजय कुमार महतोले बताए । कार्यक्रममा विभिन्न ग्रुपका करिब ६० जना ब्यक्तीहरुले रक्तदान गरेको गौरीशंकर यादवले बताए ।
बिहान् १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम बेलुका ४ बजेसम्म संचालनमा रहेको थियो । गर्मीयाम सँगै अस्पतालहरुमा बिरामीहरु चाप निकै बढेका छन् ।





