देश

    देशभर थपिए ९१५ जना कोरोना संक्रमित

    नवलपुर टुडे
    २०७९ साउन १८ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौं, साउन १८ । पछिल्लो २४ घण्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

      सो अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन ।

      त्यस्तै, सो अवधिमा थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

        कमेन्टहरु