रामग्राम क्षेत्र कै उत्कृष्ट नतिजा ल्याउने हिलेरियस चिल्ड्रेन एकेडेमी


रामजी प्रजापति
नवलपरासी, साउन १६ । रामग्राम नगरपालिका वार्ड नं ४ मा संचालित यस हिलेरीयस चिल्ड्रेन एकेडेमीबाट एसईई २०७८ पहिलो ब्याचमा जम्मा १८ जना विद्यार्थीहरु परीक्षा दिएकोमा ४ जना A+ / ४ जना A/ ५ जना B+ / ४ जना B र १ जना C ग्रेड प्राप्त गरी यस विद्यालयलाई रामग्राम नगरपालिका तथा यस क्षेत्रकै उत्कृष्ट विद्यालय साबित गरेका छन ।
यही रामग्राम नगरपालिका वार्ड न. ४ मा संचालित (प्रधानाध्यापक श्रीमान जनार्दन ठाकुर) २०७८ सालको S.E.E परिक्षामा कुल १८ बिद्यार्थी मध्ये सबै उत्तीर्ण भई पहिलो पटकमै यस नगरीको नाम उच्च बनाएका छन ।।
कुल बिद्यार्थीमा A+ = ४ जना, A = ४ जना, B+ = ५ जना, B = ४ जना, C = १ जना पास भएका छन ।
रामग्राम नगरपालिका र यस क्षेत्र कै उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण बिद्यार्थीलाई बिशेष धन्यवाद दिदै यहाँका प्राचार्य र शिक्षक- शिक्षिकालाई पनि धेरै बधाई दिएका छन ।
आगामी दिनहरुमा यस बिद्यालयले यसरी नै ठुला-ठुला सफलता हासिल गर्ने छ भन्ने आशाका साथै यस वडा बासिन्द लगायत अन्यहरुले पनि शुभकामना ब्यक्त गर्दै आगामी दिनमा पूरा नेपाल टप भएर देखाउने बाचाहित स्कुलको प्रध्यानाध्यापकले जानकारी गराउनुभएको छ।





