रिक्त शिक्षक दरबन्दी विवरण सात दिनभित्र पठाउन निर्देशन

नवलपुर टुडे
२०७९ साउन १६ | बिहान ०८:०४ बजे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षक दरबन्दी विवरण पठाउन निर्देशन दिएको छ।
७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक दरबन्दी विवरण पठाउन ताकेता गरेको हो।
जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइले पठाएका थिएनन्। अब सात दिनभित्र शिक्षक विवरण पठाउन भनिएको छ । २०७९ वैशाख १ देखि चैतसम्म रिक्त हुने शिक्षकको विवरण माग भएको छ।





