खेलकुद

    साफ यू-२०: आज नेपाल र भारत भिड्दै

    नवलपुर टुडे
    २०७९ साउन १५ | बिहान ०७:०४ बजे

      काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ ।

      भारतको भुबनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने जनाइएको छ । दुई खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो ।नेपालले यसअघि मालदिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित गरेको थियो ।

      पहिलो खेलमा बङ्गलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्त्वपूर्ण छ ।

        कमेन्टहरु