कैलालीको सैनिक आवासीय विद्यालयको होस्टेलमा एक विद्यार्थी मृत फेला

नवलपुर टुडे
२०७९ साउन १४ | मध्यान्ह ०२:०४ बजे

धनगढी, साउन १४ । कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा एक विद्यार्थी मृत फेला परेका छन् ।
सोही विद्यालयको कक्षा १० मा अध्ययनरत गोदावरी नगरपालिका–१ की भिमानी बिष्ट मृत भेटिएकी हुन् । उनी विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन । शुक्रबार साँझ उनको शव होस्टेलकै कोठामा भेटिएको बताइएको छ ।
मृत फेला परेकी बिष्टको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





