राजनीति

    नागरिकता विधेयकको विरोधमा एमाले नेता एरले गरे राँको बालेर एकल प्रदर्शन

    नवलपुर टुडे
    २०७९ साउन १३ | मध्यान्ह ०९:०४ बजे

      बैतडी, साउन १३ । बैतडीमा नेकपा एमालेका नेता मानबहादुर ऐरले नागरिकता विधेयकको विरोधमा एकल प्रदर्शन गरेका छन् । खोडपे बजारमा राँको बालेर उनले एक्लै प्रदर्शन गरेका हुन् ।

      बजार परिक्रमा गर्दै एरले ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । गठबन्धनको सरकारले नेपालको अस्तित्व संकटमा पार्ने काम गरेको भन्दै विरोधमा उत्रिएको उनले बताए ।

      प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पारित गरेको थियो । राष्ट्रिय सभाबाट पनि पारित भएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

        कमेन्टहरु