मुख्य समाचार

    थपिए ५७७ जना नयाँ संक्रमित, दुईको मृत्यु

    नवलपुर टुडे
    २०७९ साउन १३ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौं, साउन १३ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ५७७ नयाँ संक्रमित थपिएका छन् ।

      ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सो अवधिमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।

      यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । पछिल्लो २४ घण्टामा २६९ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु