मुख्य समाचार

    चन्द्रागिरिमा राँगोले आतंक मच्चाएपछि गोली हानी मारियो

    नवलपुर टुडे
    २०७९ साउन १३ | बिहान ०९:०४ बजे

      काठमाडौं, साउन १३ । काठमाडौंको चन्द्रागिरिमा एक राँगोलाई गोली हानी मारिएको छ ।

      आज बिहान करिब साढे ७ बजे चन्द्रागिरि नगरपालिका–४ को गोदाम चौरमा आतंक मच्चाएपछि राँगोलाई एक राउण्ड गोली हानेर मारिएको हाे । प्रहरीका अनुसार बाँकेबाट ल्याइएको राँगो नियन्त्रण बाहिर गएर सर्वसाधारणलाई दु:ख दिन थालेपछि गोली हानिएको हो ।

      राँगालाई नियन्त्रणमा लिने प्रयास गरिएको तर नसकेपछि मानवीय क्षति हुन सक्ने भन्दै गोली हानेर मारेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु