राजनीति

    पुर्व अर्थमन्त्री शर्मामाथिको छानबिन सकियो, प्रतिवेदन बुझाउने तयारी

    नवलपुर टुडे
    २०७९ साउन १२ | बिहान ०८:०४ बजे

      काठमाडौं, साउन १२ ।पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन सकिएको छ भने संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ संसदीय विशेष समितिका एक सदस्यका अनुसार छानबिन सकिएर प्रतिवेदन लेखन भइरहेको छ। प्रतिवेदन लेख्न काम पनि अन्तिम चरणमा पुगेको उनले बताए।

      छानबिन समितिका सदस्यबीच प्रतिवेदनको निश्कर्षमा मत बाँझिएको छ। जसले गर्दा बुधबार प्रतिवेदन पूरा हुन सकेन। सत्तापक्षका सांसद एकातिर र प्रतिपक्षका सांसद अर्कातिर देखिएका छन्ब। आज निश्कर्षका विषयमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ। त्यसपछि संसदीय विशेष छानबिन समितिले शुक्रबार प्रतिनिधिसभामा प्रतिवेदन बुझाउन तयारी गरेको छ।

      पूर्व अर्थमन्त्री शर्मामाथि चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको छ। त्यसको छानबिन गर्न प्रतिनिधिसभाले संसदीय छानबिन समिति गठन गरेको हो। प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति गठन गरेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

      छानबिन समितिलाई शुरुआतमा १० दिन समय दिइएको थियो। त्यो अवधिमा छानबिन पूरा नभएपछि सात दिन म्याद थपिएको छ। थपिएको म्याद आज सकिँदै छ।

        कमेन्टहरु