देश

    दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ६ जना गम्भीर घाइते

    नवलपुर टुडे
    २०७९ साउन ११ | बिहान ०९:०४ बजे

      दुम्किबास । नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ ।

      कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।

      उनका अनुसार बसमा ३१ जना जना सवार थिए । घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

        कमेन्टहरु