देश

    सर्लाहीमा लागुऔषधसहित २ जना पक्राउ

    नवलपुर टुडे
    २०७९ साउन ५ | बिहान ११:०४ बजे

      सर्लाही । सर्लाही प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिवन-९ दनुवारीबाट ना.२०प ९३७ नम्बरको मोटरसाइकलमा सबार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      पक्राउ पर्नेमा मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका ३ बस्ने ३५ वर्षीय दीपक खत्री र पछाडि सवार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय विजय लामा छन् । उनीहरूको साथबाट डाइजेपाम ४९५ एम्पुल, फेनारगन ५ सय एम्पुल, स्पासमो प्रोक्सीभोन प्लस १४४ एम्पुल र लेबल र नाम नखुलेको ५ सय एम्पुल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

      प्रहरीलाई देखेपछि भित्री सडकतर्फ भाग्ने क्रममा बुधबार राति उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु