राजनीति

    संसदीय समितिलाई बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा

    नवलपुर टुडे
    २०७९ साउन ५ | बिहान ०९:०४ बजे

      काठमाडौ । संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् ।

      समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ। यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

      उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

        कमेन्टहरु