समाज

    मुक्तिनाथ बिकास बैंक रिडी शाखाद्वारा श्रेष्ठ परिवारलाई सहयोग हस्तान्तरण

    नवलपुर टुडे
    २०७९ साउन ४ | मध्यान्ह ०५:०४ बजे

      चुरामणि तिमिल्सिना
      रुरु क्षेत्र । मुक्तिनाथ बिकास बैंक रिडी शाखाले २०७१ साल भाद्र १४ गते मुक्तिनाथ बिकास बैंकको लघु बैकिङ सदस्य भइ आवद्ध हुनु भएकी रुरु क्षेत्र गाउँपालिका वडा न १ कि सन्त माया श्रेष्ठको परिवारलाई बैंकले रु ३ लाख ३८ हजार ४२ रुपियाँ ८५ पैसा कार्यालयमा औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरिएको शाखा प्रबन्धक मेघराज ज्ञवालीले बताउनुभयो। श्रेष्ठको २०७८ साल चैत्र ३० गते निधन भएको थियो।

      सन्तमायाले २०७७ साल कार्तिक ५ गते विशिष्ट सदस्य विशेष कर्जा २ लाख ९० हजार लिनु भएको थियो र उहाँले मृत्यु अबधीसम्म सावा तथा ब्याजसहित २ लाख ७६ हजार ९ सय ९५ बुझाउनु भएको थियो । सो मध्य बैंकले तिर्न बाकी सावा १३ हजार मिनाहा गरेको र तिरिसकेको सावा, ब्याज र काज क्रिया खर्च गरि जम्मा रकम रु ३ लाख ३८ हजार ४२ रुपियाँ ८५ पैसा उहाँको परिवारलाई प्रदान गरेको हो ।

      हस्तान्तरण कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिकको प्रमुख आथित्यता रहेको थियो यस्तै केन्द्र न. दुई कि केन्द्र प्रमुख सम्झौता श्रेष्ठ, सदस्य अन्जना श्रेष्ठ, बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष नवराज बिकले लघु बित्तले उधमी दिदी बैनिहरुलाई आबस्यकता अनुसार कर्जा प्रदान गरेर आयार्जन काममा सघाउ पुर्याउइरहेको र थप अझ विभिन्न तालिम तथा सदस्यहरुको मृत्यु पछि काज कृया खर्च, र सद्स्यक प्रसुती भएको खण्डमा सुत्केरी पोषण खर्च पनि प्रदान गरेकोले समाजका दिदी बैनी यस लघुबित्तमा आकर्षण भएको बताउनु भयो।

      कार्यक्रमम नवनिर्बाचित वडा अध्यक्ष नवराज बिकलाई बधाई तथा सफल कार्य कालको शुभकामनासमेत प्रदान गरिएको थियो। कार्यक्रमको सन्चालन संतोष मरासिनीले गर्नु भएको थियो ।

        कमेन्टहरु