थपिए ३९१ जना कोरोना संक्रमित

नवलपुर टुडे
२०७९ साउन ४ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन ४ । पछिल्लो २४ घण्टामा देशभर थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२५६२ नमूनाको पीसीआर परीक्षण गर्दा ३४० जनामा र १४१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाबाट कसैको पनि मुत्यु भएको छैन । बुधबार थप ४६ जना कोरोनामुक्त भएका छन् । योसँगै हाल कोरोना संक्रिय संक्रमितको संख्या २२७६ पुगेको छ ।





