साढे ४१ लाख रुपैयाँसहित पर्साबाट एकजना पक्राउ

नवलपुर टुडे
२०७९ साउन ४ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन ४ । पर्साबाट प्रहरीले ४१ लाख ५५ हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना रक्सौल – ११ का २५ वर्षीय राकेश कुमार रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा सिटमुनी तथा ट्याङ्कीमा लुकाएर राखेको सो रकम फेला परेको हो ।
उनीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।





