क्याम्पस निर्माणका लागी समाजसेवी शोभनाथ कुर्मीले गरे १० कठ्ठा जग्गादान


कपिलवस्तु, साउन ४ । कपिलवस्तुको यशोधरा गाँउपालिकामा बहुमुखी क्याम्पस निर्माणका लागी स्थानीय समाजसेवीले १० कठ्ठा जग्गादान गरेका छन् । यशोधरा गाउँपालिका वडा नं.५ सुठौलीका श्री शोभनाथ कुर्मीले सो क्याम्पस निर्माण गर्न १० कठ्ठा जग्गा दान गरेका हुन् ।
विद्यार्थीहरुको सुविधाको लागि सो क्याम्पसको भवन निर्माण गर्न भौतिक सम्पत्तिको अभाव भएकोले समाजसेवी कुर्मीले त्यस अभावलाई परिपूर्ति गर्न मालपोत कार्यालयमा गएर आफ्नो नाममा भएको जग्गा क्याम्पसको नाममा नामसारी गरिदिने घोषणा गरेका हुन । क्याम्पसलाई उपलब्ध गराइएको जग्गा ग्रामीण सडकले छोएको हुनाले ५० लाख रुपैयाँ बराबर रहेको स्थानीयहरुको भनाई छ ।
शिक्षा समाज र राष्ट्रको अभिन्न अंग भएकोले भौतिक संरचनाकै कारण शिक्षालयहरुले समस्या झेल्न नपरोस् भनेर यशोधरा गाँउपालिकामा क्याम्पस निर्माणका लागी जग्गा दान गरिएको कुर्मीको भनाई छ । हाल त्यस जग्गाको प्रचलित मुल्य ५० लाख भन्दा बढीमा रहेको छ ।
जग्गा दाता दानवीर श्री शोभनाथ कुर्मी ज्युलाई गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी, उपाध्यक्ष गुञ्जादेवी मौर्या, समाजसेवी राधेश्याम पाठक लगायतले धन्यवाद व्यक्त गरेका छन् ।






