लहानमा कलब फुट क्लिनिक संचालन, नि:शुल्क उपचार हुँदै


महेश सिंह
सिरहा, श्रावण ४ । सिरहाको लहान नगरपालिका – ३ अस्पताल चौकमा कलब फुट क्लिनिक संचालनमा आएको छ । दातृ निकायको सहयोगमा संचालन भएको क्लिनिकमा निशुल्क सेवा प्रदान गरिएको छ ।
कलब फुट क्लिनिकमा मधेस प्रदेश, प्रदेश नम्बर १ र छिमेकी जिल्ला भारतका बिरामीहरुले सेवा लिदै आएका छन् । क्लिनिकलाई आफ्नै भौतिक संरचना उपलब्ध गराउन स्थानीय निकायहरुको सहयोग आवश्यक रहेको छ । शारीरिक रूपले अपाङ्ग भएका १८ बर्ष मुनिका बालबालिकाहरुलाई नि:शुल्क रूपमा उपचार गरिने गरेका कलब फुट क्लिनिक लहानका इन्चार्ज भोगेन्द्र कुमार महतोले बताए ।
बिकलाङ्ग मित्र समुहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनःर्स्थापना केन्द्र बनेपा काभ्रे अन्तर्गत संचालित कलब फुट क्लिनिक लहान – ३ अस्पताल चौकमा सन २०१५ जनवरीदेखि संचालनमा रहेका छन् । ७ सय भन्दा बढी बिरामी बालबालिकाहरुलाई उपचार गर्न सफल क्लिनिकको रूपमा चिनिएका स्थानीय समाजसेवी गंगा राम महतोले जनाए ।





