मौसम

    आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०७९ साउन ४ | बिहान ०८:०४ बजे

      काठमाडौं । मनसुनी वायुको प्रभावले आज पाँच वटा प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर रहेको छ। जसले गर्दा देशभर सामान्य बदली रहेको छ।

      देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । यस्तै, आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

      आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको अनुमान छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विम प्रदेशका थोरै स्थान भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

        कमेन्टहरु