गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ साउन ३ | मध्यान्ह ०६:०४ बजे

इन्द्रजित नेपाली
गुल्मी, साउन ३ । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका -२ का २८ वर्षीय लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु ६ प २०२० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो । चालकको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाइ पोष्टमार्टमका लागि गुल्मीको जिल्ला अस्पतालमा राखिएको डीएसपी खरेलले बताए ।





