मुख्य समाचार

    बागलुङमा चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

    नवलपुर टुडे
    २०७९ साउन ३ | बिहान ०८:०४ बजे

      बागलुङ । चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत वितरण गरिएको छ। चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई सो रकम प्रदान गरिएको हो।

      सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल नेतृत्वको टोलीले पुनकै निवासमा पुगेर राहत रकम हस्तान्तरण गरेका हुन्।

      पुनको परिवारलाई संघीय सरकारले दुई लाख, गण्डकी प्रदेश सरकारले ५० हजार तथा काठेखोला गाउँपालिकाले ५० हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । रासस

        कमेन्टहरु