समाचार

    बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ साउन ३ | बिहान ०७:०४ बजे

      बुटवल, साउन ३ । बारीमा आएका बाँदर धपाउने क्रममा घाइते भएका अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा टङ्क खनाल लडेर घाइते भएका थिए ।

      उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय गिरिबाबु खनालले बताए । उनी गम्भीर घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। उनको गएराति बुटवलमै मृत्यु भएको परिवारजनले जनाएका छन्।

        कमेन्टहरु