बागमती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने

नवलपुर टुडे
२०७९ साउन २ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं, साउन २ । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । बैठक ५ गते दिउँसो १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आइतबार बसेको बागमती प्रदेशसभा सचिवालयको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसअघि असार २९ गते बसेको बैठकले ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।





