समाज

    नशा ईन्टरनेशनल ईन्स्टिच्युटले बृहत रूपमा मनाए साँस्कृतिक कार्यक्रम

    नवलपुर टुडे
    २०७९ साउन १ | मध्यान्ह ०८:०४ बजे

      महेश सिंह
      सिरहा, साउन १ । सिरहाको लहान नगरपालिका-८ स्थित बिगत २ बर्षदेखि संचालनमा रहेको नशा ईन्टरनेशनल ईन्स्टिच्युटले बृहत रूपमा कार्यक्रम मनाएका छन् ।

      शिक्षा क्षेत्रमा छोटाे समयमै निकै लोकप्रियता कमाएको संस्थाका अध्यक्ष संजय कुमार साहले बताए । उक्त ईन्स्टिच्युटमा कम्प्युटर शिक्षा र अङ्ग्रेजी भाषा लिएर कक्षा ८ देखि ब्याचलर सम्मको विद्यार्थीहरु थप कोचिङ्ग कलास गर्ने गरेका छन् । संस्थाले दक्ष अनुभवी शिक्षकहरुको समुहद्वारा पठन पाठन संचालन गर्दै आएका छन् । स्थापक अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अग्रिमा एकेडेमीका प्रीन्सिपल ज्ञान कुमार झाको प्रमुख आतिथ्यता रहेको थियो ।

      यस्तै विशिष्ट अतिथिमा प्रख्यात अङ्ग्रेजी शिक्षक सि.के. पंडित र अतिथिहरुमा शुनिल कुमार शर्मा, बिवेका नन्द गोइत, सुरेन्द्र राम, सैलेन्द्र कुमार यादव श्याम महतो, घन श्याम महतो, भोला जित नेपाल, मनोज यादव, नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति बिरेन्द्र यादव बिरु, गोर्खा टोलिभिजनका सिरहा संवाददाता महेश सिंह महतो लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

      विभिन्न जातजाति तथा समुदायका विद्यार्थीहरुले आ-आफ्नो कला सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रममा करिब २ सय विद्यार्थीहरुको उपस्थिति रहेको आयोजकले जनाए ।

      photo 2022 07 17 20 25 46

        कमेन्टहरु