काठमाडौबाट ४ केजी हेरोइनसहित ३ जना पक्राउ

नवलपुर टुडे
२०७९ साउन १ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन १ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौबाट ४ किलो सेतो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना विदेशी र एक नेपाली महिला रहेका छन् ।
ब्युरो स्रोतका अनुसार उक्त हेरोइन दक्षिण अफ्रिकाबाट भित्र्याइएको हो । बरामद हेरोइन भारत लैजाने क्रममा रहेको र गोप्य सूचनाका आधारमा भारत पुग्नुअघि नै प्रहरीले काठमाडौंबाट बरामद गरेको हो ।
२०७९ असार २ मा ब्यूरोले बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ किलो हेरोइन सहित ७ जना विदेशीलाई पक्राउ गरेको थियो । दक्षिण अफ्रिकन महिलाको साथबाट ब्यूरोले ४९ किलो सेतो र २ किलो खैरो हेरोइन बरामद गरेको थियो ।





